Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा अधिकार र स्वास्थ्यको सचेतना

माई नगरपालिकामा अधिकार र स्वास्थ्यको सचेतना

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २० २०७८


माई नगरपालिकामा अधिकार र स्वास्थ्यको सचेतना

माई । इलामको माई नगरपालिका–५ खर्बनीमा घरेलु हिंसा र पाठेघरको मुखमा हुने क्यान्सर रोकथाम सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण सञ्जाल माई–५ को आयोजनामा सम्पन्न कार्यक्रममा सहजकर्ताहरु सिनियर अनमी कमला श्रेष्ठ र अधिकारकर्मी विमल दहालले सहजीकरण गरेका थिए ।

महिला अधिकार, घरेलु हिंसा, घरेलु सम्बन्ध, महिला माथि हुने हिंसा, हिंसा रोकथामका उपाय र कानुनी उपचार, वालविवाह, बहुविवाह रोकथाम र कानुनी उपचार लगायतका विषयमा अधिकारकर्मी विमल दहालले र महिलाको पाठेघरको मुखमा हुने क्यान्सर पहिचान, भिआईए परिक्षण र यसबाट बच्ने उपाय लगायत विषयमा सिनियर अनमी कमला श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।

माई–५ का ५० महिला सहभागि तालिम समापन कार्यक्रममा ४ जना जेष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो । खानेकुरा प्रदान गर्दै दोसल्ला ओडाई सम्मान हुनेहरुमा जेष्ठ नागरिकहरु कौशिला कार्की, अर्जुन कुमारी श्रेष्ठ, पवित्रा मगर, ठगमाया अधिकारी रहेका थिए ।

महिला सशक्तिकरण समुहकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता र सचिव यसोदा सिंजालीको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा वडाध्यक्ष गम्भिरबहादुर तामाङ, वडा सदस्य शोभा राई, सहभागीहरु सरिता राई, सरस्वति देवान, केशरी बराईली, सिता राई लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार