Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा फेब्रिक झोला उद्योग स्थापना

रोङ गाउँपालिकामा फेब्रिक झोला उद्योग स्थापना

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २० २०७८


रोङ गाउँपालिकामा फेब्रिक झोला उद्योग स्थापना

रोङ । इलामको रोङ गाउँपालिकामा फेब्रिक झोला उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । रोङ गाउँपालिका–३ कुटिडाँडा स्थित माता पाथीभरा साना पर्यटन ब्यवसायी समुहले यो उद्योग सञ्चालनमा ल्याएको हो । रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल, वडा नम्बर ३ का वडाअध्यक्ष एव आर्थिक बिकास समितिका संयोजक मात्रिका बराल र वडा सदस्य प्रेमराज गुरुङले संयुक्त रुपमा उद्योगको उदघाटन गरेका छन् ।

गाउँपालिका सँगको साझेदारीमा सो उद्योग सञ्चालनमा आएको हो । समुहको २ लाख ४६ हजार रुपैयामा गाउँपालिकाले २ लाख १ हजार रुपैया थप गरी कुल ४ लाख ४७ हजार रुपैयाको लागतमा उद्योग स्थापना भएको समुहकी कोषाध्यक्ष किरण राउतले बताइन् । उद्योगबाट उत्पादन भएको झोलाले बातावरण प्रदुषण नगर्ने र प्लास्टिकको झोला प्रयोगमा रोक लगाउने अभियानलाइ पनि सहयोग गर्ने बताइएको छ ।

यस अघि सो समुहले अगरबत्ती उत्पादन गर्दै आएको छ । सो समुहले उत्पादन गरेको अगरबत्ती कुटिडाँडा कोल्बुङ हर्कटे तथा त्यस आसपासको क्षेत्रमा बिक्री हुदै आएको समुहका अध्यक्ष राम खवासले बताए । पाथीभरा मन्दिर आसपासमा ब्यपार गर्ने ब्यपारीहरु संगठित भइ स्थापना भएको सो समुहले समुदायमा सचेतनात्मक काम पनि गर्दै आएको छ ।

पाथीभरा मन्दिरको सरसफाइ देखि साना बिपत तथा बिपत्तीमा परेकाहरुलाई सहयोग समेत गर्दै आएको उपाध्यक्ष दिनेश निरौला बताउँछन् । सो समुहले उत्पादन गरेको झोला दुइ हप्तापछि बाट बजारमा ल्याउने योजना रहेको सचिब बिबेक गुरुङको भनाइ रहेको छ । यस अघि गाउँपालिका क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोग गर्न निषेध गरेको थियो ।

तर बिकल्प नभएकाले यो नियम पूर्ण रुपमा प्रयोगमा आउन नसकेको उपाध्यक्ष चन्द्रकला राई बताउँछिन् । फेब्रिक झोलाको उद्योग स्थापना भएपछि अबभने यो अभियानमा सहयोग पुग्न सक्नेमा उनले बिस्वास लिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार