फिदिम । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी युनियनको चौथो केन्द्रीय महाधिवेशनले फूलमाया आङ्वोको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । युनियनको मंगलबार विर्तामोडमा सम्पन्न भएको चौथो साधारणसभा तथा अधिवेशनबाट सहमतिमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा चन्द्रप्रकाश बस्नेत, महासचिवमा नवीन कोइराला, सचिवमा अनन्त ढुङ्गाना र कोषाध्यक्षमा एकराज सञ्जेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रामकुमार आङ्देम्वे, देउकुमार आङथोपु, राममणि सापकोटा र निमा छिरिङ तामाङ चयन हुनुभएको छ । कर्मचारीहरुको हकहितमा कार्यरत चिया तथा कफी विकास बोर्ड कर्मचारी युनियनमा देशभरका कर्मचारी आवद्ध छन् ।
अधिवेशनको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, श्रम तथा रोजगार कार्यालय झापाका निमित्त प्रमुख मातृका कट्टेल, युनियनका पूर्वअध्यक्ष सुमन तिखत्री, चिया विस्तार योजना फिक्कलका योजना प्रमुख इन्द्रप्रसाद अधिकारी, हिलेका प्रमुख विजयकुमार मिश्र लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।