Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वाइसिएल माईजोगमाईमा भविन

वाइसिएल माईजोगमाईमा भविन

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १५ २०७८


वाइसिएल माईजोगमाईमा भविन

नयाँबजार । योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल) माईजोगमाईको अध्यक्षमा भविन सोङ्मी निर्वाचित भएका छन् । आज सम्पन्न प्रथम सम्मेलनबाट सोङ्मीको नेतृत्वमा ४७ सदस्यीय पालिका कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा राजेन्द्र लिम्बु, भुपाल दियाली र नारायण न्यौपाने रहेका छन् ।

सचिव विरेन राई (साजन), सहसचिव विवेक कोइराला र सृजना घिमिरे र कोषाध्यक्ष प्रतिज्ञा राई रहेका छन् । प्रथम गाउँपालिका सम्मेलनका इन्चार्ज भविन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव तेजबहादुर राई बिजयको प्रमुख आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र माइजोगमाई अध्यक्ष कुविरमान राई र वाइसिएल केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज विक्रमबाबु फियाक विशेष अतिथि रहेका थिए । पार्टीका उपाध्यक्ष झुलेन्द्र पौडेल, सचिव देविभक्त शिवाकोटी, वाइसिएल इलाम संयोजक कमल दुलाल, रत्न थामी, शालिकराम पौडेल, केदरमान सुवेदी लगातयको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वाइसिएल सहइन्चार्ज मुकेश महराले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार