इलाम । अखिल नेपाल किसान मंहासघ (क्रान्तिकारी) इलाम नगरपालिकाको अध्यक्षमा भोलानाथ पोखरेल चयन भएका छन् । आज सम्पन्न प्रथम भेलाबाट पोखरेलको नेतृत्वमा २९ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा चन्द्र बहादुर थापा, सचिव होमनाथ घिमिरे, सहसचिव अर्जुन थापा र कोषाध्यक्ष जितबहादुर अधिकारी रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य शान्ता बस्नेत सर्कल, नगर अध्यक्ष प्रभाश शर्मा, किसान नेता राम सञ्जेल लगायतको उपस्थिती रहेको थियो ।