रोमानिया । युक्रेनमा उत्पन्न पछिल्लो संकटपछि जर्मन दुतावासले युक्रेनका विभिन्न शहरमा रहेका नेपाली नागरिकहरूको स्थिति सम्बन्धमा जानकारी लिने काम भईरहेको जनाएको छ ।
हालसम्म सबै नेपाली सकुशल रहेको दुतावासले जनाएको छ । अहिलेसम्म युक्रेनमा रहेका २ सय २५ जना नेपालि दूतावासको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएका मध्ये ३ जना गणतन्त्र स्लोभाकिया प्रवेश गरिसकेका छन् भने थप २३ जना स्लोभाक सीमातर्फ, २ जना हंगेरी गणतन्त्र, १ जना रोमानिया प्रवेश गरेका छन् भने थप २ जना बाटोमा छन् । रोमानियाको सिमानामा र झन्डै १५ जना पोल्याण्ड गणतन्त्रमा आइपुगिसकेका छन् ।
त्यस्तै थप एक सय नेपाली प्रकृयामा रहेको बताईएको छ ।
संपर्कमा नआएका अन्य नेपालिलाई सम्पर्कमा आउन र सुरक्षित साथ बसेर सुरक्षा मापदण्ड पालना गर्न दुतावासले आग्रह गरेको छ । सिमा नाका प्रवेश गर्ने क्रममा परिचयपत्र , राहदानि वा यात्रा अनुमतिपत्र आवश्यक रहेको दुतावासले जानकारी दिइएको छ ।
सिमा नाका प्रवेश गर्ने क्रममा कुनै समस्या भएमा वा तत्काल यात्रा अनुमतिपत्र बनाउनु परेमा नेपाली दुतावास बर्लिनको तृतिय सचिव सहारा चौलागाईंलाई सम्पर्क गर्न सकिने बताएको छ ।
सिमा नाका प्रवेश गर्दा अन्य कुनै समस्या परेमा गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका नेतृत्वकर्ता तथा अगुवाहरूलाई सम्पर्क गर्न सकिने बताइएको छ । आकस्मिक प्रयोजनको लागि सबै समय नगद रकम, खोप प्रमाणपत्रहरू सधै सुरक्षित साथ राख्न समेत दुताबासले आग्रह गरेको छ । पोल्यान्डका लागि मेडीका, कोर्सोवेज, डोरोहस्क, स्लोभाकियाा लागि बाट युक्रेन, हंगेरीका लागि चोप ज्विन्कोव, कोसिनो र रोमानियाका लागि सिमा नाकाहरू खुल्ला रहेको बताइएको छ ।