Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगर उद्योग बाणिज्य संघको अध्यक्षमा पुन : प्रमोद राई

सूर्योदय नगर उद्योग बाणिज्य संघको अध्यक्षमा पुन : प्रमोद राई

  • लोकल सन्देश
  • शनिबार, फाल्गुन १४ २०७८


सूर्योदय नगर उद्योग बाणिज्य संघको अध्यक्षमा पुन : प्रमोद राई

पशुपतिनगर । चियाको राजधानी घोषणा भएको इलामको सूर्योदय नगर उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः प्रमोद राई निर्वाचित भएका छन् । सुर्योदय नगर उद्योग बाणिज्य संघको सनिवार सम्पन्न निर्वाचन प्रक्रियाबाट प्रमोद राई सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राई संघको संस्थापक अध्यक्ष हुन् ।


दोस्रो पटक अध्यक्षमा चयन रहेका राई सूर्योदय नगर उद्योग बाणिज्य संघ घोषणा अघि संस्थागत रुपमा गठन भएको पशुपतिनगर उद्योग बाणिज्य संघका अध्यक्ष पनि  हुन् । पशुपतिनगर उद्योग बाणिज्य संघ र इलाम उद्योग बाणिज्य संघ फिक्कल शाखा मर्ज भई सूर्योदय नगर उद्योग बाणिज्य संघ गठन भएको थियो ।

 

संघको नगर समिति गठन हुँदा समेत राई नेतृत्वमा थिए । सूर्योदय नगर उद्योग बाणिज्य संघको सेवा कार्यालय पशुपतिनगरमा सम्पन्न निर्वाचन प्रक्रियाबाट बरिष्ठ उपाध्यक्षमा सुरेन पौडेल, प्रथम उपाध्यक्षमा प्रज्वल प्रधान, द्धितिय उपाध्यक्षमा पुजन श्रेष्ठ, महासचिवमा तोयानाथ भट्टराई, सचिवमा सुजन तिमल्सिना चयन भएका छन् ।

महासचिव चयन भएका भट्टराई र सचिवमा चयन भएका तिमसिना संचार उद्यमी हुन् । त्यस्तै संघको कोषाध्यक्षमा दिपेश साह चयन भएका छन् । त्यस्तै सदस्यमा मिना ढकाल दहाल, बिनिता बस्नेत, छिरिङ डोमा यल्मु, गणेश घिमिरे, राजेश कुमार प्रधान, राजु बराल (खेमराज) र पुस्पलाल आचार्य चयन भएका हुन् ।

१७ सदस्य कार्यसमिति मध्ये एक महिना सदस्य र दुई जना सदस्य बैठकबाट चयन हुनेछन् । नेतृत्व र पदाधिकारी पदमा दाबि बढी भएपनि सहमतिबाटै कार्यसमिति चयन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार