Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा नेकपा (एमाले) को टोल कमिटी गठन

सूर्योदयमा नेकपा (एमाले) को टोल कमिटी गठन

  • गोपाल गिरी
  • बिहिबार, फाल्गुन १२ २०७८


सूर्योदयमा नेकपा (एमाले) को टोल कमिटी गठन

कन्याम । प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको नेकपा(एमाले) ले स्थानीय तहको निर्वाचन मिति घोषणा भए संगै संगठन विस्तारको कार्यलाई तीब्रता दिएको छ। यस‌ैको निरन्तरतामा आज सुर्योदय नगरपालिका–७ अम्बि डाँडा गाउँ टोलमा १९सदस्यीय टोल कमिटी गठन गरेको छ ।

प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्य तथा वडा कमिटी अध्यक्ष तेजबहादुर खड्का को अध्यक्षतामा भएको कार्यक्रममा सुकमाया लेप्चाको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । कमिटीको सचिवमा मनोज लेप्चा रहेका छन् ।

लोपोन्मुख लेप्चा जाति ,बहुसंख्यक सर्वहारा ,श्रमजीवी,मजदुर ,किसान लगायतका वर्गहरुको वाहुल्य रहेको यस क्षेत्रमा २०४६साल देखि नै कम्युनिस्ट पार्टी मा आस्था राख्ने हरु ठुलो जमात रहेको युवा संघको स्थानीय नेता अमृत कटुवालले जानकारी दिए ।

वडा कमिटी गठन कार्यक्रममा पार्टीका वडा सदस्य सदस्य नरवहादुर विक ,टेकबहादुर खड्का को उपस्थितिमा रहेको थियोे

प्रतिक्रिया
सम्बन्धित समाचार