Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा यथास्थितीमा एमसीसी पासको विपक्षमा ९४ प्रतिशत मतदान

इलाममा यथास्थितीमा एमसीसी पासको विपक्षमा ९४ प्रतिशत मतदान

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन ११ २०७८


इलाममा यथास्थितीमा एमसीसी पासको विपक्षमा ९४ प्रतिशत मतदान

इलाम । इलाममा यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) पास गर्नु हुन्छ कि हुदैन ? बिषयक नमुना सडक जनमत संग्रहमा ९४ प्रतिशत मत बिपक्षमा खसेको छ । अखिल (क्रान्तिकारी) जिल्ला समिति इलाम र वाइसिएल नेपाल जिल्ला समिति इलामको संयुक्त आयोजनामा इलाम बजारको विभिन्न स्थानमा भएको मतदानमा कुल ७८९ मत खसेको थियो ।

जसमा यथास्थितिमा पारित नगर्नेमा ७४६ मत, पारित गर्नेमा २६ मत र १७ मत बदर भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा खसेको ९५ मत मध्ये पारित नगर्नेमा ९१, पारित गर्नेमा ३ र १ मत वदर छ । त्यस्तै आदर्श माबिमा २०२ खसेको मत मध्ये पारित नगर्नेमा १८९ पारित गर्नेमा ८ र ५ मत बदर खसेको छ ।

इलाम माबि मा जम्मा खसेको मत १५३ मध्ये पारित नगर्नेमा १३९ मत पारित गर्नेमा ८ र ६ मत वदर खसेको छ । इलाम चोक बजारमा ३३९ खसेको मत मध्ये ३२७ मत पारित नगर्नेमा , ७ मत पारित गर्नेमा र ५ मत बदर भएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विपिन पोखरेलले जानकारी दिए ।

नमुना मतदानमा स्वतस्फुर्त रुपमा सवारी चालक, नेपाली कांग्रेस निकट नेबि संघ, एमाले निकट अनेरास्वबियु, अखिल क्रान्तिकारीका बिद्यार्थी, माओवादीका नेता लगायत सर्बसाधारणले उत्साहजनक रुपमा मतदान गरेको पोखरेलले जानकारी दिए । मत पत्र भोली प्रमुख जिल्ला अधिकारीलाई बुझाइने अखिल क्रान्तिकारी इलामका अध्यक्ष नयन राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार