Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सहयात्राको सहयोग माई अस्पताललाई

सहयात्राको सहयोग माई अस्पताललाई

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ५ २०७८


सहयात्राको सहयोग माई अस्पताललाई

माई । सहयात्रा नेपाल इलामले माई अस्पताललाई कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि विभिन्न परिणाममा स्वास्थ्य सामग्री विहिबार उपलब्ध गराएको छ ।
टेवा संस्था काठमाण्डौको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश प्रसाद वरालको प्रमुख आतिथ्यता सहयात्राकी अध्यक्ष हेम कुमारी शिवाले माई नगरपालिकाका प्रमुख दिपक कुमार थेवेलाई सामाग्री हस्तान्तरण गरेकी हुन् ।

अस्पताललाई प्रदान गरिएको सामाग्रीहरुमा अक्सिजन कन्सनटेटर १ थान, प्यासेन मनिटर १ थान, सक्सन मेसिन १ थान, अक्सिमिटर २ थान, नेवुलाईजर १ थान, सेनिटाईजर १० लिटर, डिजिटल थर्मोमिटर १० थान र माक्स २० पकेट रहेको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

सोही परिणाममा स्वास्थ्य केही दिनअघि फाकफोकथुम गाँउपालिकाको आमचोक स्वास्थ्य चौकीलाई समेत बितरण गरिएको सहयात्रा नेपालकी सदस्य समेत रहेकी संचारकर्मी सविता पाण्डेले जानकारी दिइन् । ‌दुबै स्थानमा गरि ५ लाख रुपैंया बराबरको सामाग्री बितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार