माई । दानाबारी सामुदायिक सिकाई केन्द्र माईको तेस्रो साधारण सभा तथा अधिबेसन सम्पन्न भएको छ । माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीको प्रमुख आतिथ्यता तथा स्रोत ब्याक्ति किरण सुवेदीको बिशेष आतिथ्यतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि लावतीले दानाबारी सिकाई केन्द्रले उल्लेखनिय कार्य गरेको बताइन् ।
उनले परिचालक लगायतलाई न्युनतम पारिश्रमिक दिन कार्यालय लागेको जानकारी दिइन् । प्रमुख अतिथि लावतीले संस्थाको शैक्षिक उन्नतिका लागि उल्लेखिय कार्य गरेको प्रतिबेदनबाट पाएको भन्दै आगामी दिनमा पनि पछाडी पारिएका महिला, वालवालिकालाई शैक्षिक कार्यमा अगाडी बढाउन शिक्षा शाखाको सहयोग रहने जानकारी दिइन् ।
बिशेष अतिथि सुवेदीले शैक्षिक, आयआर्जन र सिपमुलक तालिम प्रदान गर्न जिल्लामै बिगत देखि दानाबारी सामुदायिक केन्द्र उत्कृष्ट रहदै आएको भन्दै थप सफलताको शुभकामना दिए। सल्लाहाकार गोबिन्द प्रसाद दहालले जटिल अबस्थामा पनि संस्थाले आफ्नो छबि उच्च राख्न सकेकोमा धन्यवाद प्रदान गरे ।
अध्यक्ष विमल दहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गाराज शंकरले १ लाख ९७ हजार ५ सय रुपैयाको आयव्याय प्रस्तुत गरेको सभाबाट सिकाई केन्द्र मापदण्ड २०७८ को आधारमा विधान संसोधन, बार्षिक कार्ययोजना निर्माण, कार्यालय ब्यवस्थापन, सदस्याता बिस्तार, ईलाईब्रेरी निर्माण, ऋण बचत कार्यक्रम सञ्चालन लगायतका निर्णय गरेको छ ।
साधारण सभा संगै सम्पन्न अधिवेसनले सामुदायिक सिकाई केन्द्र सञ्चालन तथा व्यबस्थापन मापदण्ड २०७८ अनुरुप आगामी ४ बर्षका लागि पुन विमल दहालको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । संस्थाका ४० सदस्य सहभागि रहेको भेलाबाट सचिवमा परिचालक सिता भट्टराई, कोषाध्यक्षमा दुर्गाराज शंकर र सदस्यहरुमा हरि प्रसाद पौड्याल, टंक शर्मा, जीबन चम्लागाई, यदुनाथ दुलाल, बेद प्रसाद आचार्य चयन हुनुभएको छ । एक जना सदस्य स्थानीय शिक्षा ईकाईको प्रतिनिधिलाई स्थानीय तहले सिफारिस गर्ने जनाईएको छ ।
त्यस्तै भेलाले माईका मेयर दिपक कुमार थेबे, समाजसेबिहरु गोबिन्द प्रसाद दहाल, भक्तबहादुर लुङ्गेली, रत्न बहादुर अधिकारी, मोहन नेम्बाङ्ग, ध्रुब श्रेष्ठ र पुष्प गिरीलाई सल्लाहाकार चयन गरेको छ ।