Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमाले इलामको आरोप : राजैनितक लाभहानीको लागि राष्ट्रको श्रोत साधन दुरुपयोग

एमाले इलामको आरोप : राजैनितक लाभहानीको लागि राष्ट्रको श्रोत साधन दुरुपयोग

  • सन्देश सम्बाददाता
  • मंगलबार, फाल्गुन ३ २०७८


एमाले इलामको आरोप : राजैनितक लाभहानीको लागि राष्ट्रको श्रोत साधन दुरुपयोग

इलाम । नेकपा एमाले इलामले फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्धघाटन राजैनितक लाभहानीको लागि राष्ट्रको श्रोत साधन दुरुपयोग भएको आरोप लगाएको छ । जिल्ला सचिव उमेश गुरुङले विज्ञप्ती जारी गर्दै नेपाल सरकारको कार्यक्रम सत्ता गठबन्धनको कार्यक्रम जस्तो गरी प्रमुख प्रतिपक्षीलाई बाइपास गरेर राजनैतिक स्वार्थको लागि प्रयोग गरेको आरोप लगाए ।

नेकपा एमालेले २०६८ सालबाट निर्माण कार्य भएपनि विमानस्थल अहिलेको अवस्थामा ल्याउन केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालिन सरकार र संस्कृति तथा पर्यटनमन्त्री स्व रविन्द्र अधिकारीको निर्णयमा करिब १६ करोड लगानी भएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा लेखिएको छ ‘ विमानस्थल उद्धघाटन गर्ने कार्य राम्रो भएपनि नेपाल सरकारको कार्यक्रम सत्ता गठबन्धनको कार्यक्रम जस्तो गरी प्रमुख प्रतिपक्षी दललाई बाइपास गरेर, आम नागरिकको सेवा सुविधा सुनिश्चित नगरी राजनैतिक लाभहानीका लागि राष्ट्रको श्रोत साधन दुरुपयोग गर्ने, कार्यक्रमको प्रयोग गरेर भ्रामक प्रचार गर्ने, पुर्ववर्ती सरकारले गरेको योगदानको स्मरण र सम्मान गर्नुको सट्टा काम गर्ने व्यक्तिले केही गरेन भने झुट्टा प्रचार गर्ने कार्यहरुको हाम्रो पार्टी भत्सर्ना र विरोध गर्दछ ।’

एमालेले निर्माण सम्पन्न भएपनि उडान नभएको अवस्थामा इलाम नगरपालिका र पर्यटन बोर्डको पहलमा उडान कार्य गराउने प्रयत्न भएको उल्लेख गरेको छ । एमालेले नेपाल सरकार स्वामित्वको नेपाल एयरलाइन्सलाई उडान गरी सेवा संचालन गर्न अनुरोध गर्दा विमान नभएको भन्दै दायित्वबाट पन्छिएको आरोप लगाएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सलाई उडान गरी सेवा सञ्चालन गर्न अनुरोध गर्दा विमान नभएकोले गर्न नसक्ने जवाफ प्राप्त भई दायित्वबाट पन्छिने कार्य पछि तारा एयरले हवाई सेवा सञ्चालन गर्न सहमती गरी इलाम नगरपालिकासंग सम्झौता गरी सेवा सुनिश्चित गरी सकेको सन्र्दभमा माघ २६ गते हुने तारा एयरको परिक्षण उडानलाई अनुमति नदिई नेपाल एयरलाइन्सलाई उडान गर्न लगाएको र यहि फागुन १ गते हठातमा विमानस्थल उद्धघाटन गर्ने कार्य भएको छ ।’

एमालेले आम नागरिकको सेवा प्राप्ती अधिकारलाई सुनिश्चित गर्न नियमित सेवा सञ्चालन गर्न गराउन सरकार समक्षा माग समेत गरेको छ । गत फागुन १ गते निर्माणाधिन विमानस्थलको धावनमार्गको पुर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले संयुक्त रुपमा उद्धघाटन गरेका थिए । सो कार्यक्रममा विमानस्थल रहेको इलाम नगरपालिकाका कोही पनि जनप्रतिनिधि सहभागि रहेका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार