फिक्कल । प्रदेश १ को नवनिर्वाचित पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले वर्तमान सरकारले प्रदेशको नामाङकनलाई टुङ्गोमा पु¥याउने पक्षमा रहेको बताएकी छन् । उनले एमाले सरकारमा हुँदा नाम दिन नसकेको प्रदेशको नामाकरणसंगै विकास निर्माणलाई समेत अघि बढाउँदै लग्ने बताइन् ।
गृह क्षेत्र सूर्योदय नगरपालिकाको पशुपतिनगरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै लिम्बुले प्रदेश सरकारबाट आउने योजनाहरु शसक्त रुपमा कार्यान्वयन भइरहेको बताइन् । उनले सूर्योदय नगरपालिका क्षेत्रमा खानेपानी, सिचाई र सिमा सडकका योजनाहरुलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उल्लेख गरिन् ।
पर्यटन पुर्वाधारका कामहरु क्रमागत रुपमा अघि बढेको उल्लेख गर्दै उनले पर्यटकीय गन्तव्यहरुलाई प्योकजको रुपमा अघि बढाउन सके कार्ययोजना बनाएर बजेट विनियोजना समेत सहज हुने बताइन् । जनताको अपेक्षा धेरै रहेकाले प्राथमिकताका आधारमा कार्यान्वयन हुँदै जाने बताइन् ।
नेकपा एकिकृत समाजवादी सूर्योदय नगरपालिका–२ का अध्यक्ष जीआर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष चन्द्र सुब्बा, नेकपा एस सूर्योदय नगर अध्यक्ष कमल गदाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा लङ्वाले कार्यकर्ता एवम शुभेच्छुकहरुलाई खदा ओडाएर खुशियाली व्यक्त गरेकी थिइन् ।
उनले नेकपा एस सूर्योदय नगरपालिका–१० को आयोजना भएको कार्यकर्ता प्रशिक्षणका कार्यक्रममा समेत सहभागिता जनाएकी थिइन् । कार्यक्रममा मुख्य प्रशिक्षकको रुपमा पुर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल रहेका थिए ।
खनालले भर्चुअल माध्यमबाट कार्यकर्ताहरुलाई अघि बढ्न निर्देशन दिए ।सूर्योदय नगर प्रमुख एवम नेकपा एस इलाम जिल्ला सचिवालय सदस्य रणबहादुर राई, प्रदेश कमिटी सदस्य सावित्रा गड्तौला, नगर अध्यक्ष कमल गदाल, युवा संघका केन्द्रिय सदस्य पेमा उगेन लामाले समेत कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।


