Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कोरोना माहामारीले बन्द भएका संचारमाध्यमलाई सहयोग गर्न प्रेस सेन्टरको सरकारसँग माग

कोरोना माहामारीले बन्द भएका संचारमाध्यमलाई सहयोग गर्न प्रेस सेन्टरको सरकारसँग माग

  • लोकल सन्देश
  • शनिबार, माघ २९ २०७८


कोरोना माहामारीले बन्द भएका संचारमाध्यमलाई सहयोग गर्न प्रेस सेन्टरको सरकारसँग माग

विराटनगर । कोरोना महामारीका कारण बन्द रहेका संचारमाध्यमहरुलाई पुनः संचालनका सहयोग गर्न प्रेश सेन्टर प्रदेश एक समितिले माग गरेको छ । प्रेश सेन्टर प्रदेश एक समितिको दोस्रो पूर्ण बैठकले तीनै तहका सरकारसंग जोडदार माग गर्दै ध्यानआकर्षण पत्र बुझाउने निर्णय गरेको हो ।
मोरङको बेलबारीस्थित बेतना सिमसारमा प्रदेश अध्यक्ष प्रभात घिमिरेको अध्यक्षता एवम् प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगलको प्रमुख आतिथ्यता भएको बैठकले प्रेस काउन्सिलले पत्रिका वर्गिकरणमा भएको विभेदप्रति संगठनले ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले तत्काल ऐन निमार्ण गरी प्रदेश–१ मिडिया सम्बन्धि सम्पूर्ण काम गर्ने गरी प्रादेशिक संचार प्रतिष्ठान निर्माणका लागि प्रदेश सरकारसँग जोडदार माग गर्ने निर्णय भएको प्रदेश १ का मुख्य सचिव सुजन तिमसिनाले बताए । बैठकले प्रदेश १ को नामाकरण चाडो गर्न माग गरेको छ ।
तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न केन्द्र सरकारसँग माग गरेको बैठकले प्रदेश भरीका संचारकर्मीहरुलाई पुर्ण खोपको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गरेको छ ।
साथै बैठकले प्रदेशमा रहेको संचारमाध्यमहरुमा लोकल्याण्कारी विज्ञापन प्रदान गर्न प्रदेश सरकारसंग माग गरेको छ । बैठकले स्वरोजगारमुखी संचारमाध्यमहरुलाई सक्षम बनाउन प्रदेश भरीका सबै स्थानीय तहहरुले संचार नीति बनाई सहयोग गर्न आग्रह समेत गरेको छ । मोरङको बेलबारी नगरपालिका स्थित पर्यटकीय क्षेत्र वेतना सीमसारको थप प्रवद्र्धन पनि बैठकले माग समेत गरेको छ ।
बैठकमा बोल्दै प्रमुख अतिथि तथा प्रेश सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा जुगलले नेपाली पत्रकारीता क्षेत्रमा प्रेश सेन्टरको आन्दोलनबाट समावेशीकरण स्थापित भएकाले अब तीनै तहका सरकारले गरेका राम्रा र नराम्रा कामको सुचना जनतासम्म पुर्याउनुपर्ने बताए । उनले प्रेश सेन्टर नेपालमा आवद्ध पत्रकारको त्याग र आन्दोलनका नेतृत्वका कारण देशमा नयाँ संविधान, संघीयता लगायत धेरै राजनीतिक मुद्धा स्थापित गरेकाले सहि कार्यान्वयनका लागि जोड दिनुपर्ने बताए ।
बैठकमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्बाङ मिक्सोले देशको राजनीतिक परिवर्तनमा पत्रकारहरुको महत्वपूर्ण भुमिका रहेकाले आगामि दिनमा परिवर्तनका उपलब्धि संस्थागत गर्न पत्रकार लागिपर्नुपर्ने बताए । तीन तहको सरकार र संविधानका मौलिक हक कार्यान्वयनका लागि पत्रकारहरुले कलम चलाउनुपर्ने उनले बताए ।
बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष बिजय साम्पाङ राई, सह सचिव ऋषिराम ढुङ्गाना, रचना राईको, नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, पूर्व केन्द्रिय सदस्य गणेश लम्साल, प्रेस सेन्टरका पूर्व प्रदेश अध्यक्षद्धय राजन केडी, श्रीशीशा राई केन्द्रिय सदस्यहरु जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार