फिक्कल । इलामको सूर्योदय नगरपालिका भित्रका व्यवसायीहरुको संस्था सूर्योदय नगर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व छनौटको काम फागुन ७ मा हुने भएको छ । माघ २९ का लागि नगर उद्योग बाणिज्य संघको नेतृत्व छनौट गर्ने निर्णय भएपनि अत्याधिक चिसो बढेकाले फागुन ७ मा सारिएको अध्यक्ष प्रमोद राईले बताए । बिहिबार बसेको संघको बैठकले नेतृत्व छनौटको काम फागुन ७ मा पशुपतिनगरमा गर्ने निर्णय गरेको हो ।
सूर्योदय नगर उद्योग बाणिज्य संघमा नगर क्षेत्रमा व्यवसाय गर्दै आएका तीन सय बढी उद्योगीले सदस्यता लिएका छन् । अधिवेशनको उद्घाटन सत्र नगरपालिकाको केन्द्र रहेको फिक्कल स्थित लाप्चा भवनमा सम्पन्न भइसकेकाले अब नयाँ नेतृत्व चयनको काम हुनेछ ।