Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

चुम्लुङ इलाम जिल्ला अध्यक्षमा सोङ्मी

चुम्लुङ इलाम जिल्ला अध्यक्षमा सोङ्मी

  • रोशन राई
  • बिहिबार, माघ २७ २०७८


चुम्लुङ इलाम जिल्ला अध्यक्षमा सोङ्मी

इलाम । किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । आज इलाम सदरमुकाममा भएको चुम्लुङको आठौ जिल्ला अधिवेशनबाट सर्वसम्मतीबाट सोङ्मी अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्षमा पदम ताम्लिङ, सचिव राम योङहाङ, सह–सचिव याम मावोहाङ र कोषाध्यक्षमा जुनु फियाक निर्वाचित भएका छन् ।

यस्तै, समितिको सदस्यहरूमा संगीता लिम्बू, रामकुमार लिङ्देन, निर्मला चेम्जोङ, अतित योङहाङ, शिवकुमार थेगिम, रुपेनराज नेम्वाङ, पञ्चहाङ योङहाङ, मानबहादुर लिम्बू, दिपेन्द्र सुब्बा, अमृत एक्तेन लिम्बू र अप्सरा नेम्वाङ रहेका छन् । आजै चुम्लुङले सात बुँदे ‘इलाम घोषणापत्र’ जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार