Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

निर्वाचनले सविधान र संघीयता संस्थागत गर्न बल पुग्छ : वाइसिएल संयोजक देवकोटा

निर्वाचनले सविधान र संघीयता संस्थागत गर्न बल पुग्छ : वाइसिएल संयोजक देवकोटा

  • लोकल सन्देश
  • मंगलबार, माघ २५ २०७८


निर्वाचनले सविधान र संघीयता संस्थागत गर्न बल पुग्छ : वाइसिएल संयोजक देवकोटा

इलाम । वाइसिएल नेपालका केन्द्रिय संयोजक सुमन देवकोटाले पटक पटक हुने निर्वाचनले संविधान र संघीयता संस्थागत गर्न थप बल पुग्ने बताए । निर्वाचनको मितिले उत्साह थपिएका बताउँदै उनले भने ‘ जति पटक चुनाव भयो त्यती पटक नै संविधान बलियो हुन्छ संघीयता संस्थागत हुन्छ । संविधानमा लेखिएको सामाजिक न्याय र समावेशीता संस्थागत हुन्छ । माओवादीको एजेन्डा संस्थागत हुनुका साथै जनयुद्ध सार्थक हुन्छ ।’

इलामको सूर्योदय नगरपालिकाको कन्याममा कार्यकर्ताहरुसंग भेट गर्दै देवकोटाले माओवादीको एजेन्डा अनुसार मुलुक चलेपनि संविधान कार्यान्वयनका लागि मुली माओवादी नहुँदा अस्तव्यस्ता भएको बताए । केपी ओलीको पालामा संघीयता र समानुपातिक समावेशीता खारेजीका कुराहरु उठ्दा राजवादीहरु मौलाएको उनले बताए ।

वर्तमान गठबन्धन केपी ओलीले संविधान माथी गरेको हमला विरुद्धको रुपमा रहेको उल्लेख गर्दै उनले भने ‘ सत्ता सधैका लागि चलाउन चुनाव र पार्टी एकताको लागि हैन् । केपी ओलीले संविधान माथि हमला विरुद्ध व्यवस्था रक्षाका लागि हो । संविधान र व्यवस्था रक्षा भएसम्मको लागि गठबन्धन’

उनले विगतका चुनावहरु देखि स्थानीय तहको चुनावसम्म माओवादी एक्लै चुनाव लडेको उल्लेख गर्दै उनले अहिले माओवादी र प्रचण्डको खनेको बाटोमा हिडेको बताए । ‘संविधानको नाम नै सुन्न नचाहने २०४७ सालको संविधान विश्वकै उत्कृष्ट मान्नेहरुले गणतन्त्रको उच्चारण गर्दा समेत हासोमा उडाउथे बयलगाडा चढेर अमेरिका पुग्नु र नेपाला गणतन्त्र आउनु उस्तै मान्थे अहिले संघीयता सहितको एजेन्डामा देश हिड्यो तर नेतृत्व रहेनौ ।’ देवकोटाले भने

उनले माओवादीको नाम लिएर चोक चोकमा गर्वका साथ छाती फुलाएर हिड्न वाइसिएलमा आवद्ध कार्यकर्ताहरुलाई आग्रह गरे ।‘ हाम्रा नेताहरुले देश बेचेका छैनन् । कलकारखाना, उद्योगधन्दा बेचेका छैनन् राष्ट्रघाती सन्धी गरेका छैनन् । अरु पार्टीले छाडेनन् गर्वले चोक चोकमा उभिएर छाती फुलाउने समय आएको छ ।’

उनले वडा वडामा सय जनाको फोर्स बनाएर चुनाव र पार्टीको नेतृत्व गर्ने उल्लेख गरे । युवाहरुको एजेन्डा माओवादी केन्द्र र वाइसिएलले बोकेको उल्लेख गर्दै देवकोटाले युवालाई डन्डा र झन्डा बोकाएर युज एन्ड थ्रो नगरि सत्ता र सरकारमा पु¥याउने बताए । ४० बर्ष मुनीका युवाहरुलाई प्रत्येक कमिटीमा ग्यारेन्टी गर्ने पार्टी माओवादी रहेको बताउँदै देवकोटाले ६० जना ४० बर्ष मुनीको हुनुपर्नेमा अहिले ७०/७५ जना समेटिएको बताए ।

कार्यक्रममा बाइसिएलका संगठन विभाग प्रमुख कसम गुरुङ, बाइसिएल प्रदेश संयोजक डम्बर पुलामी कर्मा, माओवादी केन्द्र सूर्योदयका सचिव मेहरमान आचार्य, बाइसिएल केन्द्रिय सदस्य बिक्रम लिम्बु, बाइसिएल इलाम संयोजक कमल दुलाल, सचिव छत्र दलार्मी, प्रेस सेन्टर प्रदेश १ का मुख्य सचिव सुजन तिमसिना लगायतको वाइसिएलका कार्यकर्ता एवम विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार