Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कन्याममा सरकारी चिया बगान मासेर खनिएको सडक पुरियो

कन्याममा सरकारी चिया बगान मासेर खनिएको सडक पुरियो

  • लोकल सन्देश
  • मंगलबार, माघ १८ २०७८


कन्याममा सरकारी चिया बगान मासेर खनिएको सडक पुरियो

फिक्कल । नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सडक पुरेका छन् । व्यक्तिगत लाभका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाहरुले सडक नै पुरिदिएका हुन् । सूर्योदय नगरपालिका–७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएका थिए ।

नगर प्रमुख राईले उक्त बिषयमा आफुले बुझ्ने बताए पनि हालसम्म वास्ता नभएको बताउँदै कन्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ४० युवाले जेसिबि लगाएर मंगलबार सडक बन्द गराएको हुन् । कन्याम चिया बगानका ब्यवस्थापक सुब्बाले आफुहरुलाई कुनै जानकारी बिनै सडक निर्माण गरिएको यस अघि नै बताएका थिए। सडक खन्न थालेपछि एकपटक आफुहरुले बार लगाएर रोक्दा पनि राती जेसीभी लगाएर सडक निर्माण गरेको उनको दाबी थियो ।

सडकको १५ मिटर कटाउँदा समेत करिव १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा शरण फागोले बताएका छन । उनीहरुले सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिब कुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाएका छन । यता वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार बस्नेत ब्यक्तिको जमिनमा जाने बाटो स्वयम जग्गा धनीले खनेकाले आफनो कुनै संलग्नता नरहेको बताउँछन्।

उनले पहिले देखि नै उक्त क्षेत्रमा सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडक समेत आवश्यक भएकाले बढाइएको हुन सक्ने बताए । वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खडकाले उक्त सडक खन्न वडा संग कुनै समन्वय नभएको जानकारी दिएका छन् । उनले जसले सडक खने पनि सार्वजनिक सम्पती नष्ट गर्ने काम गर्न नहुने बताए ’।

यस अघि समेत कन्याम क्षेत्रमा केहि संरचना बगानको जमिनमा निर्माण गरिएको भए पनि कसैले बिरोध जनाएको थिएन । स्थानीयले सबै बगानको जमिन मिचीएका संरचना हटाउनु पर्ने माग गरेका छन । २०५७ सालमा तत्कालिन सरकारको अर्थ मन्त्रालयको नीजिकरण शाखाले ५० बर्षका लागि कन्याम सहित इलाम र झापाका ७ वटा चिया बगान भारतको संघाई त्रिवेणी सांघाई समुहलाई लिजमा दिएको थियो ।

संघाईले सरकारलाई तिर्नु पर्ने कर समेत नतिरेको भन्दै स्थानीय पालिकाले संम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन । कर असुल्न स्थानीय पालिकाले पहल समेत गर्दै आएका छन । कन्याममा मात्र चिया बगानको २० करिव २० हेक्टर जमिन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार