Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा माओवादीले जोगाउन सकेन एक्ला वडाध्यक्ष

इलाममा माओवादीले जोगाउन सकेन एक्ला वडाध्यक्ष

  • सन्देश सम्बाददाता
  • सोमबार, माघ १७ २०७८


इलाममा माओवादीले जोगाउन सकेन एक्ला वडाध्यक्ष

इलाम : स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित इलामको सन्दकपुर गाउँपालिका-१ का वडाध्यक्ष नन्दकुमार राई नेकपा एमाले प्रवेश गरेका छन्। आज एक कार्यक्रमकाबीच राई एमाले प्रवेश गरेका हुन्।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले उनलाई पार्टीमा स्वागत गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राईले ३८० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेश राईले ३०५ मत ल्याएका थिए।

सन्दकपुर गाउँपालिकाका पाँच वडामध्ये चार वडामा एमालेको वडाध्यक्ष जितेको थियो। राई इलाममा माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन्। उनीसहित सोही वडाका माओवादी केन्द्रबाट वडा सदस्यमा रहरकुमार थुलुङ बिजयी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार