Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रदेश १ मा भएको अन्तरघात छानबिन गर्नुपर्छ : इन्द्र आङ्बो

प्रदेश १ मा भएको अन्तरघात छानबिन गर्नुपर्छ : इन्द्र आङ्बो

  • लोकल सन्देश
  • बिहिबार, माघ १३ २०७८


प्रदेश १ मा भएको अन्तरघात छानबिन गर्नुपर्छ : इन्द्र आङ्बो

काठमाडौँ । प्रदेश १ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो ९मौसम० ले राष्ट्रिय सभा निर्वाचनमा भएको अन्तरघात छानबिन गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी नेतृत्वप्रति इमान्दार नभएर लालच र प्रलोभनमा परेर गम्भीर अन्तरघात भएको बताएका हुन् । साथै उनले यस्तो अन्तरघात क्षम्य नहुने भन्दै निर्ममतापूर्वक गम्भीर समीक्षा र छानबिन गरेर प्रदेश गठबन्धन अघि बढ्नुपर्ने बताएका छन् ।

आङ्बोले लेखेका छन्, संघीयता प्रति चौतर्फी प्रहार भइरहेको बेला झन् हामी १ नं प्रदेशका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू हाम्रो एजेन्डा,जनता,पार्टी अनि नेतृत्वप्रति इमानदार बन्न सकेनौँ,लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनै पनि पार्टीको निम्ति क्षम्य हुन्न । अब निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ बढ्नेछ।।।।

प्रतिक्रिया
सम्बन्धित समाचार