Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ट्रेड युनियनले सूर्योदयका श्रमिकको अवस्था अध्ययन गर्ने

ट्रेड युनियनले सूर्योदयका श्रमिकको अवस्था अध्ययन गर्ने

  • लोकल सन्देश
  • आइतबार, माघ ९ २०७८


ट्रेड युनियनले सूर्योदयका श्रमिकको अवस्था अध्ययन गर्ने

इलाम : नेपाल ट्रेड युनियन कंग्रेसको सूर्योदय नगर समितिले सूर्योदय नगरपालिका भित्र कार्यरत श्रमिकको अवस्था अध्ययन गर्ने भएको छ । समितिको शनिबार सम्पन्न बैठकले नगरमा कार्यरत श्रमिकको अवस्था अध्ययन गर्ने निर्णय गरेको हो ।

६० भन्दा बढि चिया कारखाना, चिया वगान, होटल–रेष्टुरेन्ट, सवारी साधन, कृषि लगायतका क्षेत्रमा कार्यरत श्रमिकको समस्या अध्ययन गरेर पैरविका लागि काम शुर गर्ने निर्णय गरेको समितिका सचिव नेत्र पौड्यालले जानकारी दिए ।
यस्तै कोभिडका कारण समस्यामा परेका श्रमिकका लागि विशेष रातह प्याकेज ल्याउन सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

बैठकले सूर्योदयको १४ वटा वडामा श्रमिक सम्मेलन आयोजना गर्ने समेत निर्णय गरेको सचिव पौड्यालले बताए । तोयानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नेपाल शिक्षक संघ सूर्योदयका अध्यक्ष उद्धव पौड्यालले सूर्योदय नगरपालिकामा शिक्षाको अवस्था विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार