Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बिरेनको ‘तिम्रो याद’ सार्वजनिक

बिरेनको ‘तिम्रो याद’ सार्वजनिक

  • लोकल सन्देश
  • शनिबार, माघ ८ २०७८


बिरेनको ‘तिम्रो याद’ सार्वजनिक

झापा । गायक तथा संगीतकार बिरेन रसाइलीको नयाँ साङ्गीतिक गजल ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ । विगत एक दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय रसाइली अमेरिकाको पेन्सलभेनियामा बस्छन् । खुसी उमङ्ग जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक बिरेन रसाईलीको यो नयाँ तिम्रो याद एल्बममा छ वटा साङ्गीतिक गजल रहेका छन् ।

यसमा वर्तमान समयका शक्तिशाली गजलकार दिलिप घिमिरकोे एकल शब्द सृजना र गायक रसाईलीको एकल स्वरका साथै विभिन्न चर्चित अन्य संगीतकारहरुको संगीत समावेश गरिएको छ । जसमध्ये भोक प्यास संगीत टीका प्रसाईं ,बिछोडको अन्तिम पत्र संगीत बिरेन रसाइली ,जुनको सेखी त्यसै झर्छ संगीत कर्म ग्याल्चन, फूलसगैं रहोस् सुवास संगीत सिडि बिजय अधिकारी ,केका लागि सिउँदो संगीत किरण गजमेरको रहेको छ।

गीति एल्बम “तिम्रो याद” का अन्य गीतहरु अब चाडैं नै साङ्गीतिक बजारमा ल्याउने गायक बिरेन रसाईलीले बताए । कवाली शैलीको यो एल्बमको शिर्ष गीत तिम्रो यादमा भने द भ्वाइस अफ नेपालका प्रथम बिजेता संगीतकार सिडि बिजय अधिकारीको संगीत सृजना रहेको छ ।

जाडोको सिजन शुरु भएसँगै साङ्गीतिक माहोल नै तताउने खालको भिडियो रहेकोले यो गीतले दर्शक श्रेताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार दिलिप घिमिरे बताउँछन् । भिडियोमा राजदरबार भित्रको प्रेम कथालाई पछिल्लो पुस्ताका चर्चित मोडलहरु जीवन भट्टराई ,अञ्जना दुवाडी र अमिषा सुवेदीको बेजोड अभिनय देख्न सकिन्छ । तिम्रो यादको भिडियोमा जीवन र अञ्जनाले जीवन्त अभिनय पस्केका छन् ।

उनीहरू राजा र रानीको अभियानमा खुलेका पनि छन् । काठमाडौँको बुढानिलकण्ठ स्थित ताज महलमा छायांकन गरिएको भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश धितालले गरेका हुन् । देबेन्द्र नेवाको एरेन्ज रहेको गीतमा सन्तोष राजबहकको कोरियोग्राफी रहेको छ ।

उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् भने निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने हुन् ।ओएसआर डिजिटल युट्युव च्यानल मार्फत यो भिडियो सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार