Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पश्चिमी वायुको प्रभाव : प्रदेश १ सहित केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : प्रदेश १ सहित केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

  • लोकल सन्देश
  • शुक्रबार, माघ ७ २०७८


पश्चिमी वायुको प्रभाव : प्रदेश १ सहित केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

इलाम । पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १ सहित केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

दिउँसो पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू-भागमा सामान्यतः सफा रहने भए पनि पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार