अन्तु । इलामको सूर्योदय नगरपालिका ५ स्थित श्रीअन्तु चिया कारखानामा आगलागि भएको छ । दिउँसो तीन बजेबाट भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छ्रैन । झापा र इलामका दमकलको सहयोगमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीको टोलीले आगलागी नियन्त्रणको काम गरिरहेको छ ।
आगलागीबाट पुरै कारखानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख देउप्रसाद लिम्बुले बताए ।उद्योगी अशोक मुरारकाको चिया उद्योगमा के कारणले आगो लाग्यो अझै पत्ता लागेको छैन ।