इलाम । भुमि आयोग इलामको अध्यक्षमा भक्त केसी नियुक्त भएका छन् । सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गर्दा इलाममा केसीले जिम्मा पाएका हुन् गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका केसीलाई यसअघि केपी ओली नेतृत्वको सरकार गठन हुँदा तत्कालिन नेकपाले सिफारिस गरेपनि प्रतिगमन विरुद्ध लागेपछि उनको स्थानमा अरुलाई नै अध्यक्ष बनाएको थियो ।
देवी ज्ञवालीको नेतृत्वको आयोग खारेज गरेर सरकारले नयाँ आयोग गठन गरेपछि पहिलो चरणमा भुमि सम्बन्धि धेरै समस्या भएका जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो । अध्यक्षसहित सरकारले ती जिल्लमा अन्य दुई सदस्य पनि नियुक्त गर्न पाउने आयोग गठन आदेशमा उल्लेख छ । तर, अहिले सदस्य नियुक्त भइसकेका छैनन् ।
नियुक्त गरिएका जिल्ला अध्यक्षहरूलाई शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सपथ भइसकेको छ । प्रदेश १ अन्तर्गत मोरङमा शुशिला घिमिरे, तिलकसिंह पाण्डे र सुनसरीमा भगिरथ खत्वे अध्यक्षमा नियुक्त भएका छन् ।
ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा दिनेशकुमार लावती, भोजपुरमा दिलकुमार राई, ओखलढुंगामा अशोककुमार कार्की र उदयपुरमा बलबहादुर तामाङ अध्यक्षमा नियुक्त भएका छन् ।
केपी ओली नेतृत्वको सरकारले देवि ज्ञवालीको नेतृत्वमा गठन गरेको आयोग विघटन गरेर सरकारले केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको थियो । अयोगको उपाध्यक्षमा नहेन्द्र खड्का छन् भने सदस्यहरुमा राघोराय यादव, वासुदेव हुमागाईं, टेकबहादुर शाह र दाताराम खनाल छन् ।