Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोजिना हत्याको आरोपी २० बर्षपछि पक्राउ

रोजिना हत्याको आरोपी २० बर्षपछि पक्राउ

  • सन्देश सम्बाददाता
  • बुधबार, पौस २८ २०७८


रोजिना हत्याको आरोपी २० बर्षपछि पक्राउ

इलाम । इलामको सूर्योदय नगरपालिका – ३ जील (साविक पशुपतिनगर गाविस– ३ ) की १८ वर्षीया रोजिना राईको हत्याको आराेपी २० बर्षपछि पक्राउ परेका छन् । प्रहरीले सूर्योदय नगरपालिका– ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई रोजिना हत्याको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको हो ।

२०५८ माघ ७ गते बिहान हंसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो । पक्राउ परेका राईले २०५८ माघ ६ गते बेलुका खेताला बोलाउन मृतककी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई संगै जबरजस्ती तानेर लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनाको सार्वजनिक गरेको हो । त्यसबेला दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी भीममाया राईको घरबाट पश्चिम तर्फको बाटो भन्दा केही तल रोजिनाको शव भेटिएको थियो ।

आराेपीले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुन थालेपछि म आफू फंस्छु भनेर रोजिनाले बोकेकै हंसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरिक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ । त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शंका रहेको र खुलि नसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार