Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

 हुरहुरे चिया सहकारीको साधारणसभा सम्पन्न

 हुरहुरे चिया सहकारीको साधारणसभा सम्पन्न

  • गोपाल गिरी
  • आइतबार, पौस २५ २०७८


 हुरहुरे चिया सहकारीको साधारणसभा सम्पन्न

कन्याम । स्थापनाको छोटो समयमा नै सफलताको सोपान चढ्न सफल सूर्योदय ६ कन्याममा अवस्थित हुरहुरे चिया उत्पादक सहकारी संस्थाले आठौ साधारणसभा विविध कार्यक्रम हरुको साथ सम्पन्न गरेको छ।
संस्थाका स्थापक अध्यक्ष प्रेम राज आचार्यको सभापतित्व तथा वडाध्यक्ष शीवकुमार बस्नेत को प्रमुख आतिथ्यतामा तथा अतिथि हरु सुर्योदय नगर पालिकाका कानुनी सल्लाहकार लेखनाथ दाहाल ,वडा सदस्य टीकादेवि पोख्रेल लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा १ करोड १ लाख ६१ हजारको बराबरको आर्थिक प्रतिवेदन संस्थाका व्यवस्थापक गोपाल घिमिरेले प्रस्तुत गरेका थिए ।
त्यस्तै रविन आचार्य ,वेदप्रसाद घिमिरे ,गीता तामाङ लगायतका कृषकहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए।
संस्थाले स्थापना काल देखि नै चिया क्षेत्रमा आवद्ध कृषकहरुलाई एकीकृत गर्दै ल्याएको ऋण बचत लगानी ,१ घर १ उज्यालो जस्ता कार्यक्रम लाई यश पटक पनि निरन्तरता दिदै २० वाट क्षमताको सोलार सेट यश वर्ष चिया कृषक टेकबहादुर भूजेल लाई बितरण गरेको छ।

त्यस्तै गुणस्तरीय चिया विक्री गर्ने १२ कृषक, भाग्यशाली नम्बर प्रणाली बाट ३ कृषक ऋण बचत तर्फ उत्कृष्ट ३ जना समेत पुरस्कृत भएका छन् । ६५ जना शेयर सदस्य रहेको यश चिया सहकारी संस्था प्रति पछिल्लो समय कृषकको आकर्षण बढ्दै गएको बताईएको छ। कार्यक्रममा स्वागत मन्तव्य माधव आचार्यको रहेको थियोे भने संचालन तेजराज आचार्यको रहेको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार