Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा टिकादेवी

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा टिकादेवी

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २४ २०७८


प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्षमा टिकादेवी

नयाँबजार । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन माईजोगमाई गाउँपालिकाको अध्यक्षमा टिकादेवी गौतमको निर्वाचित भएकी छन् । कमिटीको उपाध्यक्षमा नर बहादुर राई महिला उपाध्यक्ष यानुका पोख्रेल सचिब टेक बहादुर भण्डारी सह सचिब सुजन आचार्य कोषाध्यक्ष गंगा राई सह कोषाध्यक्ष टीका चापागाई रहेका छन् ।

वडा कमिटि अन्तरगत वडा नं १ को संयोजकमा गंगा आचार्य महिला सदस्यमा बेद कुमारी भट्टराई सदस्य ईन्द्र प्रसाद ढुङ्गेल र समिर नेपाल रहेका छन् । वडा नं २ मा संयोजक निर कुमार महत महिला सदस्य चन्द्र राई सदस्य सुनिता खड्का रहेका छन् । वडा नं ३ मा संयोजक बिशाल बजगाई महिला सदस्य मनिषा लिम्बु सदस्य होम बहादुर लाम्गादे मनिस अधिकारी रहेका छन् ।

वडा नं ४ मा संयोजक अभिनारायण चम्लागाई सदस्य ऐनेट भट्टराई रहेका छन् । वडा नं ५ मा संयोजक मोहन चापागाई महिला सदस्यमा बन्दना राई सदस्यमा सुवास खत्री बिष्णु बहादुर राउत रहेका छन् । वडा नं ६ मा संयोजक रविन सोङ्मी महिला सदस्य दिब्य राई सदस्य सुनिता थेवे रहेका छन् । संस्थागत बिद्यालय तर्फ नुरी शेर्पा खिना नेपाल र झलक रिजाल रहेका छन् ।

सेवा निबृत्त तर्फ झुलेन्द्र गुरुङ बममाया तामाङ र राजेन्द्र थेवे रहेका छन् । दलित महिला सदस्य तर्फ बिमला बिश्वकर्मा रहेका छन् । बिद्यालय कर्मचारीबाट हेमराज अधिकारी प्रदेश प्रतिनिधिमा ओमनाथ अधिकारी प्रबिधिक संयोजकमा इन्द्र बहादुर नेपाल जिल्ला प्रतिनिधिमा सुर्य प्रसाद थेवे र गोबिन्द प्रसाद तिम्सिना रहेका छन् । संयोजक टिकादेवी गौतमको अध्यक्षतामा आज सुरु भएको प्रथम अधिबेशन अधिबेशनमा संगठनमा आबद्द माईजोगमाई गाउँपालिका भरी रहेका शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

हिक्मत बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश नं १ का सासंद खिनु लङ्वा लिम्बुको बिशेष आथित्यता रहेको थियो । माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष् भक्त केसी, मदनकुमार राई कमल प्रसाद तिम्सिना टेक बहादुर राई, राम माया राई पेशागत महासंग नेपालका केन्द्रिय सदस्य गोकुल संजेल नेकपा एकिकृत समाजबाटी पाटी निकट बिद्यार्थी संगठन अनेरावस्बियु जिल्ला कमिटि अध्यक्ष डिकेन्द्र दाहाल अनेरास्वबियु जिल्ला कमिटी सचिब चेतन अधिकारी लगायत रहेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्द १९८ मध्ये प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन १५२ सदस्य रहेको आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार