साङरुम्बा । इलामको साङरुम्बामा एक दिवसीय व्यवसायिक अदुवा खेती तालिम सम्पन्न भएको छ । सुकल्प इन्टरनेशनल परियोजनाको आयोजनामा इलाम नगरपालिका–१२ का किसानलाई लक्षित गरेर गुणस्तर वृद्धि तथा मुल्य श्रृङखला विकास सम्बन्धी तालिम संचालन गरिएको हो ।
जनसेवा अदुवा ब्लक परियोजनाका अध्यक्ष मोहन प्रसाद पोखरेलको अध्यक्षतामा भएको तालिमका सहभागिलाई प्राविधिक पप्पु यादवले प्रशिक्षण दिएका थिए । तालिममा ५० जना किसानहरुको सहभागिता रहेको थियो ।