Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सल्लाहकार चयन गर्दै प्रेस सेन्टर इलामको बैठक सम्पन्न

सल्लाहकार चयन गर्दै प्रेस सेन्टर इलामको बैठक सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १८ २०७८


सल्लाहकार चयन गर्दै प्रेस सेन्टर इलामको बैठक सम्पन्न

इलाम : प्रेस सेन्टर नेपाल इलाम समन्वय समितिले विविध निर्णय गर्दै प्रथम बैठक सम्पन्न गरेको छ । सेन्टरले संगठनलाई चलायमान बनाउनुका साथै सल्लाहकार समिति समेत गठन गरेको छ । सेन्टरका अग्रज पत्रकार एवम पुर्व अध्यक्षहरुलाई समेटेर सल्लाहकार समिति बनाइएको हो ।

सल्लाहकार समितिमा अशोक प्रधान, लक्ष्मी मिश्र, सुजन तिमसिना, राजेश पराजुली र बुद्धविर राई रहेका छन् । त्यसैगरी सेन्टरले संगठनलाई चलायनमान बनाउँदै अघि बढ्न विविध कार्यक्रमहरु समेत अघि बढाउने निर्णय गरेको छ । गत कार्तिक २५ गते ५ औ जिल्ला सम्मेलनबाट बुद्धमाया सोङ्मीको अध्यक्षतामा प्रेस सेन्टरको नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

बैठकमा माओवादी केन्द्र इलामका सचिवालय सदस्य जिवन शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी सेन्टरका प्रदेश मुख्य सचिव सुजन तिमसिना, प्रदेश सदस्य राजेश पराजुली र बुद्धविर राईको आतिथ्यता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले पत्रकारिता क्षेत्र समाजको रुपान्तरणमा अग्रगामी भुमिका खेल्ने भएकाले रचनात्मक कार्यक्रम गर्दै अघि बढ्न सुझाव दिए ।

त्यसैगरी अतिथि तिमसिनाले अभावका बिचमा फक्रिएको प्रेस सेन्टर इलामको पत्रकारिता क्षेत्रमा अहिले स्थापित भएर अघि बढिरहेकाले दिर्घकालिन कार्ययोजना र कार्यक्रमहरु लिएर जाने बताए । उनले ३ जनाबाट सुरु भएको संगठन अहिले जिल्लामा निर्णायक अवस्थामा पुग्नु सफलता भएको बताए ।

कार्यक्रममा अतिथि पराजुलीले कलमजिविहरुको संगठन प्रेस सेन्टर भएकाले विगतबाट नै समाज रुपान्तरण र विकासका लागि अग्रसर भएर काम गरिरहेको बताए । त्यसैगरी अर्का अतिथि राईले विगतको दिनमा भन्दा अहिले संगठन आर्थिक, प्राविधिक र संख्यात्मक रुपमा समेत बलियो भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार