इलाम । अनेरास्ववियू (क्रान्तिकारी) महेन्द्ररत्न बहुमुखी क्याम्पको नेतृत्व परिर्वतन भएको छ । क्याम्पस समितिको पुर्ण बैठक बसेर राजेन्द्र लोहारलाई अध्यक्षको जिम्मेवारी दिएको छ । ३५ सदस्यीय समितिको उपाध्यक्षमा अप्सरा नेम्बाङ र पंकज कार्की, सचिव मनोरथ बाँस्कोटा, सहसचिव सुमन्था महरा र कोषाध्यक्षमा मासेमी लिम्बु रहेका छन् ।
पार्टीका जिल्ला सचिव बिजय खम्बुको प्रमुख आतिथ्यता रहेको बैठकमा अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सदस्यद्धय विपिन पोखरेल र प्रमिला तामाङको समेत आतिथ्यता रहेको थियो । बैठक पार्टी कार्यालय रहेको भवनमा सम्पन्न भएको हो ।