फिक्कल । मेची आयुर्वेद औषधालय (अस्पताल) ले चालृ आर्थिक बर्षको चौमासिक समिक्षा गरेको छ । औषधालयले चालु आर्थिक बर्षको ४ महिनामा गरेको प्रगती र लक्ष्यको बारेमा सूर्योदय नगरपालिकाको हलमा समिक्षा कार्यक्रम गरेको हो । औषधालयका प्रमुख डा बिजय श्रेष्ठले चालु बर्षका गरेको प्रगतीको प्रतिवेदन प्रस्तुत गरे ।
सोही समारोहमा आयुर्वेद औषधालय व्यवस्थापनमा उत्कृष्ट सेवा पु¥याउने पालिका र संस्थालाई सम्मान पत्र समेत प्रदान गरेको छ । आयुर्वेद सेवामा उत्कृष्ट पालिकाको रुपमा रोङ गाउँपालिका सम्मानित भएको छ । उत्कृष्ट आयुर्वेद संस्थाको रुपमा फाकफोक आयुर्वेद औषधालय देउमाई र आर्थिक भौतिक तथा प्रशासनिक रुपमा सहयोग पु¥याएको भन्दै सूर्योदय नगरपालिकालाई सम्मान गरेको हो ।

सम्मानित पालिका र संस्थलाई प्रमुख अतिथि प्रदेश सांसद खिनु लङ्वा लिम्बुले सम्मानपत्र प्रदान गरिन् । सूर्योदय नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद लङ्वा प्रमुख अतिथि थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लङ्वाले आयुर्वेदको प्रर्वद्धनलाई आफुलाई गम्भिर रुपमा हेरेको बताइन् । उनले औषधालयको प्रर्वद्धन र थप पुर्वाधरको लागि प्रदेश सरकार मार्फत पहल गर्ने प्रतिवद्धता जनाइन् ।

उनले उत्तरी क्षेत्रमा जडिबुटी प्रर्वद्धन र प्रोत्साहनका लागि प्रदेश सरकार मार्फत लगानी भएको बताइन् । सांसद लङ्वाले प्रदेश सरकारकै लगानीमा माईजोगमाईमा जडिबुटी प्रशोधन केन्द्र निर्माण हुँदै गरेको बताइन् । उनले डकुमेन्टको काम सकेकाले बजेट राखेर काम अघि बढाउन निर्माण सुरु हुने बताइन् । जडिबुटीको कच्चा पदार्थ विक्रीको बजार भारत रहेकाले कोभिडका कारण निर्यातमा समस्या देखिएपछि अहिले देशमै प्रशोधनको काम अघि बढाउने बताइन् ।

कार्यक्रमका अध्यक्ष नगर प्रमुख राईले अहिले औषधालयमा बन्द रहेको सेवाहरु पुनः सुचारु गर्नका लागि सहयोग गर्न तयार रहेको बताए । उनले ३ तहको सरकारको समन्वयबाट योजनाहरु अघि बढाए आयुर्वेदको स्तरोन्नतीका सहयोग पुग्ने बताए । नगर प्रमुखले राईले स्थानीय सरकारको श्रोत साधनको अधिकतम परिचालन गरेर सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद काजीमान कागते, जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, उपप्रमुख चित्रकला बराइली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख दुर्गादेवी भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, वडाध्यक्ष टेकबहादुर राई, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न पालिकाका आयुर्वेद स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत बरिष्ठ कविराज तिर्थराज आचार्यले गरेको थिए ।