Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राजमार्ग भत्किएपछि राती मात्रै ढुवानीका साधन संचालन (फोटो फिचर )

राजमार्ग भत्किएपछि राती मात्रै ढुवानीका साधन संचालन (फोटो फिचर )

  • बुद्ध सोङ्मी
  • मंगलबार, पौस १३ २०७८


राजमार्ग भत्किएपछि राती मात्रै ढुवानीका साधन संचालन (फोटो फिचर )

इलाम । इलाम सदरमुकामको नारायणस्थान खोल्सिको पोहिरोले मेचीराजमार्ग भत्किएपछि सहज रुपमा यातायात संचालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्ला जोड्ने एकमात्र राजमार्ग भत्किँदा बैकल्पिक सडक भएर यातायातका आउजाउ गरेपनि ढुवानी सवारीसाधन राती मात्रै संचालन हुँदै आएका छन् ।


मेची राजमार्गको इलामस्थित धोविधारा खण्डको पुरै सडक भत्किएपछि यातायातका साधन वैकल्पिक रुट प्रयोग गरी संचालन गरिँदै आएको हो । सवारी साधन सञ्चालन हुन नसक्ने गरी सडक भत्किएपछि विकल्पका रूपमा बजार क्षेत्रबाट आवागमन सञ्चालन गरिएपनि ढुवानीका सवारीसाधन रातीमात्रै चलाउने व्यवस्था गरिएको छ ।


वमौसमी वर्षातले राजमार्गको १ सय मिटर सडक खण्ड बगाएपछि बजार क्षेत्रबाट हलुका र यात्रु बाहक सावरीसाधन दिनभर संचालन गरिँदै आएको हो । पाँचथर र ताप्लेजुङ्ग बाइपासका लागि छनौट इलाम सदरमुकाम भित्रको सडक छनौट गरिएको छ । बजार क्षेत्रको सडक साँघुरो र सर्वसाधारणको बढी भिड हुने भएकाले रातीमात्रै ढुवानीका सवारीसाधन संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिमिसनाले बताए ।


राजमार्ग भएर झापाबाट ताप्लेजुङ्ग जाने ढुवानीका सवारीसाधन इलामको जिरो किलोमिटर र पाँचथर ताप्लेजुङ्ग भएर झापा झर्ने ढुवानीका सवारीसाधन धोवीधारा क्षेत्रमा दिनभर रोकिने गरेको छ । राजमार्ग अवरुद्ध भएपछि इलाम बजारभित्रवाट सवारी आवागमनलाई निरन्तरता दिँदा सडकको भारवहन क्षमता कम भएकाले बजार क्षेत्रको सडक नै भत्किन थालेको छ । ठुला भारका इक्युमेन्टहरु आवागमनमा निषेध गरिएपनि ट्रक, टिपर र कृषिजन्य ढुवानीका सवारीसाधन संचालनले बजार क्षेत्रका जनताका त्रसित भएको उद्योग बाणिज्य संघ इलामका अध्यक्ष इश्वर चिपालुले बताए ।


अहिले राजमार्गमा गुड्ने सवारीसाधनलाई बजार क्षेत्रबाट घुमाइँदापर्ने बाध्यताले जाम बढेको छ । झापातर्फबाट आउने गाडीलाई जिरो किलोमिटरबाट र पाँचथरतर्फबाट आउने गाडीलाई धोबीधाराबाट एकतर्फी रूपमा आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रियामा गरि सडक मर्मतको काम शुरु गरेपनि निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार