Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आठ केजी गाँजासहित इलामका विरकुमार पक्राउ

आठ केजी गाँजासहित इलामका विरकुमार पक्राउ

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ११ २०७८


आठ केजी गाँजासहित इलामका विरकुमार पक्राउ

दमक । प्रतिबन्धित लागुऔषध आठ केजी गाँजासहित इलामका एक व्यक्ति दमकबाट पक्राउ परेका छन् । शनिबार बिहान ९ः३० बजे दमक नगरपालिका वडा नं १ बरगाछीस्थित रतुवा खोलाको बगरमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा ईलाम माङसेवुङ गाउँपालिका वडा नं ६ का ४६ वर्षीय विरकुमार राईको साथबाट सो गाँजा बरामद गरेको थियो ।

उनले पछाडि बोकेको निलो खैरो झोलाभित्र सेतो प्लाष्टिकले बेरेको पोका खोली हेर्दा ४ केजी १३० ग्राम र हातमा बोकेको हरियो टाटेपाङग्रे जेब्रा झोलाभित्र ४ केजी ३० ग्राम गाँजा गरी जम्मा ८ केजी १६० ग्राम गाँजा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार