सूर्योदय । इलामको सुर्योदय नगरपालिकामा प्रथम वडास्तरीय सूर्योदय मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सूर्योदय ९ स्थित एमएफसी खेल मैदानमा शुरु भएको हाे । प्रतियोगिताको सूर्योदय नगरपालिका नगर प्रमुख रणबहादूर राईले उद्घाटन गरे ।
नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईको अध्यक्षतामा भएको उद्घाटन सत्रको खेल सूर्योदय नगरपालिका वडा नम्बर १० र ७ बिच प्रतिस्पर्धा भएको थियो । उद्घाटन खेलमा वडा नम्बर १० ले वडा नम्बर ७ लाई पराजित गरेको छ।

खेलमा १ का विरुद्ध ४ गोल गरि वडा नम्बर १० बिजयी भएको थियो । उद्घाटन सत्रमा दुईवटा प्रतियोगिता गर्ने भनिएपनि वर्षातका कारण एउटा खेल मात्रै गरिएको थियो । प्रतियोगितामा उद्घाटनमा जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइली, सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराई, झापा फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, जिल्ला फुटबल संघ इलामका उपाध्यक्ष मणि गुरुङ्ग, प्रदेश फुटबल संघको सदस्य ज्ञानु राई, सूर्योदय नगरपालिका वडा नम्बर १ का अध्यक्ष राजकुमार सेरेङ्ग, वडा नम्बर २ का अध्यक्ष चन्द्र सुब्बा, ७ का वडाध्यक्ष लेखनाथ खड्का, ९ का देबेन्द्र शर्मा, १० का वडाध्यक्ष पेमा उगेन लामा, १२ का वडाध्यक्ष डोलेन्द्र भारद्धाजको उपस्थिति रहेकाे थियो ।
मौसमका कारण खेलमैदानमा समस्या आएकाले भोलिको खेल नहुने सूर्योदय नगरपालिका ९ का वडासदस्य जय राईले बताए ।