Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको माईजोगमाई प्रविधिमैत्री गाउँपालिका

इलामको माईजोगमाई प्रविधिमैत्री गाउँपालिका

  • सुजन तिमल्सिना
  • शनिबार, पौस १० २०७८


इलामको माईजोगमाई प्रविधिमैत्री गाउँपालिका

नयाँबजार । माईजोगमाई गाउँपालिकाको काम प्रविधिमैत्री गाउँपालिका भएको छ । गाउँपालिकाको प्रशासनिक र आर्थिक कारोबार पूर्ण रुपमा प्रविधिमार्फत गरिएसँगै गाउँपालिका प्रविधिमैत्री गाउँपालिका भएको हो ।
आर्थिक वर्ष २०७७÷७८ बाटै गाउँपालिकाको पुरै काम कम्प्युटर र इन्टरनेटको प्रयोगबाट काम हुँदै आएको गाउँपालिका अध्यक्ष जीतबहादूर राईले बताए । जनतालाई छिटो र पारदर्सी सेवा दिने पालिकाको निती अनुसार सबै काम प्रविधिको प्रयोगबाट हुँदै आएको उनले बताए ।
हस्तलिखित र पेपरको प्रयोगबाट हुँदै आएका काम पुरै प्रविधि मार्फत हुन्छन्, गाउँपालिका अध्यक्ष जीतबहादूर राईले भने–‘प्रविधिमार्फत गरिएका काममा त्रुटि भयो भने पनि चाँडो सच्याउन सकिने भएकाले जनता लामो समय लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सबै सफ्टवेयर मार्फत हुने भएकाले पारदर्शी पनि हुने गरेको छ, उनले भने ।
गाउँपालिकाको प्रमुख प्रशासकिय कार्यालय, वडा कार्यालय, बिषयगत शाखा सबैको काम प्रविधि मार्फत हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत भागवतप्रसाद रेग्मीले बताए ।

पालिकाबाट सेवा दिने क्षेत्रहरुमा कम्प्युटर र प्रविधिमार्फत काम हुने गरेका छन्, रेग्मीले भने–‘प्रविधिमैत्री सरकार बनाउने निति अनुसार काम हुने भएकाले हस्तलिखित तरिकाले कुनै काम हुँदैन ।’ हस्तलिखित तरिकाले काम हुँदा कागजपत्र एक शाखाबाट अर्को शाखामा सदर गर्न पु¥याउनुपर्ने बाध्यता थियो, रेग्मी भन्छन्–‘अहिले हामी आफ्नो टेवलको कम्प्युटरबाटै सबै काम गर्छौ, जसले गर्दा जनताले चाँडै सेवा लिन सकेका छन् ।’ गाउँपालिकाले पोहिलो चरणमा कर संकलनको काम प्रविधि मार्फत शुरु गरेको थियो । कर संकलन प्रणाली प्रविधिमार्फत भएपछि इ–हाजरी, जिन्सी, स्टोर दाखिला, दर्ता चलानी, सिफरिस, लेखाप्रणाी, स्वास्थ्य र शिक्षा शाखासँगै पालिकामा हुने सबै काम प्रविधिमार्फत हुँदै आएको गाउँपालिकाका कम्प्यूटर अधिकृत अशोक लिम्बुले बताए ।
प्रमुख प्रशासकिय कार्यालयसँगै वडा कार्यालयमा पनि प्रविधि मार्फत काम गर्न इन्टरनेट सुविधाका लागि तीन कम्पनीसँग संझौता भएको छ । अनलाइन मार्फत काम गरिँदा दैनिक कार्यप्रगति समेत हेर्न सकिने भएकाले दैनिक कार्यायोजना बनाउन पनि सहज भएको प्रमुख प्रशासकिय अधिकृत भागवतप्रसाद रेग्मीले बताए । मासिक, चौमासिक कार्यप्रगति विवरण पेश गर्ने चलन थियो,–रेग्मीले भने–‘अब हामी दैनिक कार्यको लक्ष्य बनाएर कार्यान्वयन गर्ने र प्रगतिको समिक्षा समेत गर्न सक्ने भएका छौँ ।’ जनताको बढी मात्रामा भिड हुने योजनाको संझौतामा पनि प्रविधिको प्रयोगले छिटो र छरितो तरिकाले काम हुँदै आएको योजना अधिकृत बन्धु राईले बताए ।
प्रविधिको मार्फत हुने कामको अनुगमनका लागि कार्यालयले सिसि क्यामेरा सबै शाखा, वडा कार्यालय र प्रमुख प्रशासकिय भवनमा जडान गरिएको छ । कम्प्युटर र इन्टरनेट मार्फत हुने कामले गाउँपालिकाको चालु खर्च समेत घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गाउँपालिकाको चालु खर्च ४० प्रतिशतले घटेको गाउँपालिकाको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार