Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

काँकरभिट्टामा ५ ग्राम ब्राउन सुगरसहित इलामका युवा पक्राउ

काँकरभिट्टामा ५ ग्राम ब्राउन सुगरसहित इलामका युवा पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस ९ २०७८


काँकरभिट्टामा ५ ग्राम ब्राउन सुगरसहित इलामका युवा पक्राउ

झापा । ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा झापाको मेचीनगरबाट इलामका एक युवा पक्राउ परेका छन् । बुधबार दिउँसो १२ बजे झापाको मेचीनगर ६ मा पैदल आउँदै गरेका इलाम फाकफोकथुम गाउँपालिका ७ का डम्बरबहादुर राईलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पैदलै आइरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले इलामका २२ वर्षीय राईलाई पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको झापाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार