Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

  • सन्देश सम्वाददाता
  • बिहिबार, पौस ८ २०७८


आर्थिक क्रान्ति सफल बनाउन पर्यटन प्रवर्द्धन अपरिहार्य : मुख्यमन्त्री राई

माई : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्ति सफल बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन अपरिहार्य रहेको बताएका छन् । इलामको माई नगरपालिका १ स्थित विहिबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव २०७८’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको असली रुप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

उनले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिने बताए । पर्यटन प्रर्वद्धनको माध्यमबाट मात्रै प्रदेश १ लाई आर्थिक समृद्घिमा अघि बढाउन सकिने भन्दै राईले पर्यटन क्षेत्रको संरक्षणमा लाग्ने आग्रह गरे । विहिबारदेखि शुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेश सभा सदस्य काजीमान कागते, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भक्त केसी लगायतका वक्ताहरुले तेह्रकुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिए ।

नगर प्रमुख थेवेले तेह्रकुने सीमसार क्षेत्रको विकासमा प्रदेश सरकार र संघीय सरकारसँग हातेमालो गर्दै अगाडी बढ्ने बताए । महोत्सव उद्घाटनका क्रममा उराउ, राई, सुनुवार र लिम्बु समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । महोत्सव ११ पुससम्म संचालन हुनेछ । महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ ।

महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (लोकल खुकुराको मासुको परिकार) केरा, सिमलको विभिन्न परिकार लगायत उपलब्ध हुने आयोजक समितिका अध्यक्ष कहरसिंह राईको बताए । चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक, कार्यक्रम, खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

साथै सीमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चड्ने व्यवस्था रहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार