Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

दुर्घटना न्युनिकरणका लागि इलाममा आइतबारबाट ‘ट्राफिक सप्ताह’ सुरु

दुर्घटना न्युनिकरणका लागि इलाममा आइतबारबाट ‘ट्राफिक सप्ताह’ सुरु

  • लोकल सन्देश
  • आइतबार, पौस ४ २०७८


दुर्घटना न्युनिकरणका लागि इलाममा आइतबारबाट ‘ट्राफिक सप्ताह’ सुरु

इलाम । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश एकमा आजबाट ‘ट्राफिक सप्ताह’ सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर एक बिराटनगर र एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजना प्रदेश एकका सबै जिल्लामा एकै साथ कार्यक्रम सुरु भएको हो । सम्वन्धित जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले कार्यक्रमको सहकार्य गरेको बताइएको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा लिइएको छ ।
यस्तै इलाममा समेत आज बिहान प्रभात फेरी सहित औपचारिक कार्यक्रम सम्पन्न भएको छ । इलाम बजारको ठुलो टुँडिखेलमा भेला भएर इलाम चोक बजारसम्म प्रभात फेरी भएको छ । कार्यक्रममा सुरक्षा निकाय, सवारी ब्यवसायी र चालक, बिद्यार्थी तथा स्थानियको सहभागिता रहेको थियो । सवारी चलाउँदा बेल्टको प्रयोग गरौँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, मापसे गरि सवारी नचलाउँ जस्ता प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो ।
कार्यक्रममा पूर्वेली जित तथा ट्याक्सी यातायात प्रालीका अध्यक्ष गृष्म सुब्बाले सचेत रहेर सवारी चलाउनु पर्ने बताए । उनले चप्पल लगाएर सवारी चलाउँदा खुट्टामा पसिना आएर चिप्लिने र दुर्घटना बढ्न सक्ने भएकाले जुत्ता लगाएर सवारी चलाउन चालकहरुलाई आग्रह गरे ।
यो साताभरी जिल्लामा सचेतना सहित सडकमा भएका अवरोध हटाइने ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिम्सिनाले बताए । यस बिचमा चालकलाई प्रशिक्षण देखी सडकमा गएर जनचेतना जगाउने सम्मका कार्यक्रम गरिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले सवारी नियमको जानकारी हुँदा हुँदै पनि हेलचेक्रेयाँइ बढेकाले दुर्घटना बढेको बताए । बढि जान्ने भएर सचेत नरही सवारी चलाउँदा समस्या बढेको उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय इलामका निमित्त प्रमुख गंगाबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यस अघि पनि यस्ता क्रियाकलाप निरन्तर भए पनि जनचेतनाका लागि बिशेष बनाउन यो कार्यक्रम ल्याइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार