नयाँबजार । इलामे गायक कृष्ण भट्टराईको स्वरमा रहेको शहर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएके छ । शहरलाई वास्तविक रुपमा चित्रण गरिएको शहरको कथा बोकेको गीत तथा म्युजिक भिडियो ओएसआर डिजिटिल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
संसारले रोजेको यो शहरमा हुने खाने देखि हुँदा खाने सम्मका सपना पुरा गर्ने देखि सपना भत्कीएका सम्मका, भोक टार्न देखि भोग गर्ने हरेक वर्गका मान्छेहरुको वास्तविक चरित्रलार्ई मेल खाने गरि निर्माण म्युजिक भिडियो निर्माण गरिएको छ । हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको शहर गीतको म्युजिक भिडियो यहि मंसीर २९ गते बुधबारबाट दर्शक र श्रोता माझ आएको हो ।
एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतको म्युजिक भिडियोलाई काठमाण्डौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थान लामो समय लगाएर छायांकन गरिएको थियो । म्युजिक भिडियोमा शितल केसी, संजित भण्डारी,गोपाल ढकाल, रिया श्रेष्ठ, रामेश्वर बुर्लाकोटी, प्रेम पाण्डे, प्रमिला राई, लक्ष्मीनाथ मौडगल्या, मदन दवाडी, केशवराज अर्याल, रुपेश पुडासैनी, कृष्णप्रसाद वस्ती, राजु रेग्मी आदि कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ ।
भिडियोलाई तारा थापा (किम्भे) को सम्पादन, हर्कमान वाईवा (रिदम) ले छायांकन गरेका छन । गितमा बाबुराम राईको शब्द, एस डि योगीको संगीत, विश्व अधिकारीको एरेन्ज, विप्लव अधिकारी रेकर्डिस्ट रहेका छन् । इलामको माइजोगमाई गाउपालिका नयाबजारमा जन्मिएका भट्टराई हाल काठमाण्डौमा रहेर संगीत क्षेत्रमा सक्रिय छन् ।
पछिल्लो समय धेरै चचित गितमा स्वर भरेका भट्टराईले विभिन्न बिदामा अवार्ड समेत हात पारिसकेका छन । २०६५ साल देखि सागिंतिक क्षेत्रमा लागेका भट्टराईको पहिलो गित हे माया सम्झेर देखि अहिले शहर सम्म आइपुग्दा खासै पछाडि फर्कनु परेको छैन ।