Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राजेश पायलको स्वरमा इलामे सर्जक खापुङको ‘एउटा कारमा’ (भिडियाे सहित)

राजेश पायलको स्वरमा इलामे सर्जक खापुङको ‘एउटा कारमा’ (भिडियाे सहित)

  • लोकल सन्देश
  • बुधबार, मंसिर २९ २०७८


राजेश पायलको स्वरमा इलामे सर्जक खापुङको ‘एउटा कारमा’ (भिडियाे सहित)

इलाम । गायक राजेश पायल राईको स्वरमा इलामे सर्जक सन्तोष खापुङको रचना रहेको आज देखे तिमीलाई एउटा कारमा सार्वजनिक भएको छ । खापुङकै संगीत रहेको सो गीत ओएसआर मोभिजद्वारा केही दिनअघि मात्रै सार्वजनिक गरिएको हो ।

यस गीतको भिडियोमा इलामेली कलाकार निर्मल दियाली,सामना खनाल र आर्यमोन दियालीको अभिनय देख्न सकिन्छ । उक्त गीत रेकर्ड पछि फेसबुक लाइभ गर्ने क्रममा आफूले गाएको गीतमध्ये यो गीतमा पृथक रहेको कुरा राजेश पायल राईले बताएका छन् । यसप्रकार यस गीत मार्फत नेपाली संगीत श्रोताहरूले केही नयाँपन पाउने शब्द तथा संगीतकार सन्तोष खापुङले समेत बताएकाछन्।

विशेष गरि समयको परिवर्तनसँगै सांगीतिक भावनाहरू पनि परिवर्तन हुदा श्रोता दर्शकहरूलाई नयाँ स्वादको महसुस हुने कुरामा गीत तथा भिडियोका सम्पूर्ण टीम विश्वास्त रहेका छन् । सम्पूर्ण गीतको सुटिङ इलामको पर्यटकीय स्थल कन्याम, अन्तु लगायतका स्थानहरूमा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार