Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

  • गोपाल गिरि
  • मंगलबार, मंसिर २८ २०७८


मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

इलाम । इलामको पर्यटकीय क्षेत्र कन्याममा दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। मेची राजमार्गको हर्कटे फिक्कल सडक खण्डको कन्याममा मे १ ज ३३०७ नम्वरको भ्यान अनियन्त्रित भई सडकबाट १०० मिटर तल झर्दा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको उक्त भ्यान कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा दुर्घटना हुँदा माइजोगमाई–३ का भरत घिमिरे र वडा नम्बर ४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए।

उनीहरूको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो। दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा घाइते नौ जनाको सोही अस्पतालमा उपचार भइरहेको गिरीले जानकारी दिए। दुर्घटनामा चालकलाई सामान्य चोट लागेको छ। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगा थापाका अनुसार घाईते हुनेहरुमा वडा नम्बर ४ का ३५ बर्षीय पदम तिम्सिना, वडा नम्बर ३ का ३० बर्षीया निर्मला तिम्सिना, ४ बर्षीया प्रकृति तिम्सिन, ६२ बर्षीया पवित्रा तिम्सिना, ३१ बर्षीया यसोदा घिमिरे, ८ बर्षीय हर्सन घिमिरे, १ बर्षीया प्रज्ञा घिमिरे रहेका छन् ।

घाइते केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको थापाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार