Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

माईजोगमाईमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

  • राेशन काफ्ले
  • मंगलबार, मंसिर २८ २०७८


माईजोगमाईमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । गाउँपालिकाको वडा नं ४ गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ५४ बर्षिय पुर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो । पराल बोकेर हिडेको ट्यारक्टरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लाशको कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टको लािग इलाम अस्पताल ल्याइएको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । त्यसैगरी सूर्योदय नगरपालिका–६ तारगाउँमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

हर्कटेबाट रम्भ्याङ तर्फ जाँदै गरेको मे १ त ७९८९ नम्बर ट्याक्टर भिरबाट खस्दा ट्याक्रटमा सवार होमबहादुर भुजेल, भिम बहादुर खड्का र ठाकुर भुजेल घाइते भएक छन् । करिब ४ घण्टाको स्थानीय र प्रहरीको प्रयास पनि ट्याक्टरमा चेपिएका उनीहरुको उद्धार गरि उपचारका लागि पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । होमबहादुर सामान्य उपचारपछि घर फर्किएका छन् । अन्य २ जनाको बिएन्डसी अस्पताल झापामा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार