इलाम । आफन्त पर्ने तीन बर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम–४ का ६२ वर्षका एक बृद्धलाई पक्राउ गरेको छ । भतिजी साइनो पर्ने बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडकले बालिकालाई घरैमा बोलाएर यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ ।
बालिकाको आमा दिएको जाहेरीको आधारमा ति ब्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो । प्रहरीका अनुसार बालिका र पीडक आफन्त हुन् । उनीहरुबीच भतिजि छोरी र ठूलोबुबाको सम्बन्ध पर्छ । पीडित र पीडकबीच हाडनाता पर्ने भएकाले प्रहरीले पीडकको बिस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
उनलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगा थापाले जानकारी दिए । पीडकले छिमेकमा रहेकी बालिकालाई घरैमा बोलाएर ललाईफकाई यौनजन्य क्रियाकलाप गरेको प्रहरीले बताएको छ ।