Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजाेगमाईमा भालु आतंक

माईजाेगमाईमा भालु आतंक

  • राेशन काफ्ले
  • आइतबार, मंसिर २६ २०७८


माईजाेगमाईमा भालु आतंक

नयाँबजार । इलामको माईजोगमाई गाउपालिका वडा नं ३ मा जंगली जनावरको आतंक पुनः बढेको छ । केही समयअगाडि चितुवाले खोरको बाख्रा खाएर सखाप पारेको थियो । भने खेती गरेका कृषि उपज सामान बदेलले नष्ट गर्दा चिन्तित बनेका माईजाेगमाई बासी फेरि अहिले भालु आतंकबाट आजित भएका छन् ।
भालुले मान्छेलाई नै आक्रमण गर्न थालेकाे छ । मानचोकका दिल बहादुर सिञ्चुरीको गोठमा अनौठो आवाज गरेपछि हेर्न जादा भालु रहेको र टर्च बालेर खेदाउन खोज्दा आक्रमण गरेको हो ।
उनको पाखुरामा भालुले आफ्नो नङ्ग्रा गाडेको र उनकाे अवस्था  सामान्य रहेकाे छ । साँझको करिव साढे ७ तिर भालु निस्किएको र गाउँका स्थानीयवासी मिलेर धपाएको मानचोकका टीका आचार्यले जानकारी दिए ।
माईजोगमाई ३ मा घरपालुवा जनावारलाई आक्रमण नगरे पनि मान्छेलाई आक्रमण गरेपछी स्थानीय यतिबेला त्रसित बनेका छन ।
जंगल ठूलो भएका कारण घाँस दाउरा गर्न जान समेत एक्लै हिडडुल गर्न डरमर्दो भएको आचार्यले बताए । केही दिन अगाडि माईजोगमाई साबिक ४ नम्बर वडामा भने भालुले बाख्राहरु पनि खाएको थियो । जंगली जनावर बढेसंगै माईजोमाइ गाउपालिकामा बर्सेनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार