Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

६० वर्ष पुरानो सिचाई आयोजना पुनःनिर्माणले गोर्खेका किसान खुशि

६० वर्ष पुरानो सिचाई आयोजना पुनःनिर्माणले गोर्खेका किसान खुशि

  • सुजन तिमल्सिना
  • शुक्रबार, मंसिर २४ २०७८


६० वर्ष पुरानो सिचाई आयोजना पुनःनिर्माणले गोर्खेका किसान खुशि

इलाम । ६० वर्ष पुरानो इलामको सूर्योदय नगरपालिका १ गोर्खेमा रहेको सिचाई योजना पुनःनिर्माण भएपछि स्थानीय किसान उत्साहित भएका छन् । स्वीस सरकार विकास सहयोग र सूर्याेदय नगरपालिकाकाे लागत सहभागीतामा साना सिचाई कार्यक्रम मार्फत सिचाई योजना पक्कि संरचना सहित पुनः निर्माण भएपछि सुख्खायाममा पनि किसानले खाध्यबालीसँगै नगदेवाली उत्पादनको योजना बनाएका छन् ।
२००२ सालमा निर्माण भएको दशगते फेदि सिचाई योजना मर्मत लागि बजेट अभावले उपभोक्ता हैरान थिए । पहाडी भु–भाग, त्यसमा पनि पुरानो र कच्चि कुलो किसानका लागि गलाको पासो झै हुन्थ्यो ।
सूर्योदय नगरपालिका १ गोर्खेमा रहेको कुलो ६० वर्ष अगाडि निर्माण भएको हो । पुरानो कुलो मर्मत गर्न नसक्दा वर्षातमा कतै भत्किने त कतै पोहिरोले बगाउँदा किसानको बारीमा मुहानको पानी पुग्नै गाह्रो । तर अहिले स्वीस सरकार विकास सहयोग, नेपालको तीनै तहका सरकारको लगानी र जन सहभागितामा पक्कि कुलो निर्माण भएपछि किसानले पुराना दुःखका दिन बिर्सने भएका छन् ।
५ सय ५१ रोपनी क्षेत्रफल सिचाई गर्न सकिने कुलो गुणस्तरीय अनुगनका साथ निर्माण भएपछि किसानमा उत्साहा छाएको दशगते फेदि सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष पुष्पलाल आर्चायले बताए ।
साना सिचाई कार्यक्रम मार्फत पुनः निर्माण हुँदै आएको योजनामा संघीय, प्रदेश र स्थानीय सरकारको २०÷२० प्रतिशत लगानी सहभागिता छ । निर्माण भई क्षतिग्रस्त सिचाई योजना मात्रै पुनः निर्माण हुने कार्यक्रममा स्वीस सरकार विकास नियोगको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत सहभागिता रहेको छ ।
सिचाई योजना निर्माणमा खटिने कामदारको अनिवार्य बिमा, निर्माणमा प्रयोग हुने औजार र सुशासनको काम समेत कडाईका साथ पालनाले योजनाका संरचना गुणस्तरीय रहेको स्थानीय उपभोक्ता गोविन्द भट्टराईले बताए ।
२८ लाख ६७ हजार ८ सय ४१ रुपैयाँमा निर्माणाधिन सिचाई आयोजनामा सूर्योदय नगरपालिकाले २० प्रतिशत लगानी गरेको छ । ८० प्रतिशत काम सम्पन्न भएको आयोजनाबाट किसानले सुख्खायाममा पनी खाध्यबालीसँगै नगदेवालीको खेती गरि आम्दानी लिन सक्नेछन् । सिचाईका लागि पानी पर्याप्त भएपछि आलु, अलैची, धान, सागसब्जि उत्पादनसँगै आधुनिक प्रणालीबाट माछा पालन गर्ने योजना किसानको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार