Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा तीन जना आकांक्षी

निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा तीन जना आकांक्षी

  • लोकल सन्देश
  • आइतबार, मंसिर १९ २०७८


निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा तीन जना आकांक्षी

इलाम । निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा तीन जनाको नाम चर्चामा आएको छ । २० औ साधारणसभा तथा ९ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि सन्तोष कुमार कट्वाल, राजकुमार भक्तराज, डिल्ली खनालले उम्मेद्धारी घोेषणा गरेका हुन् ।

आज आईतबार उद्घाटन पछि नोमिनेसन गरेर आगामी २० गते पदाधिकारी चयनका लागि मतदान हुने छ । जिल्लामा २ सय २० जना निर्माण ब्यवसायीले मतदान गर्ने छन । भक्तराज ८ औ अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष सुवास चिपालुसंग पराजित भएका थिए ।

अर्का अध्यक्षका आकांक्षी कटुवाल यसअघि ८ औ जिल्ला अधिवेशनबाट केन्द्रिय प्रतिनिधिमा बिजयी भएका थिए । उनी सातौ जिल्ला अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । खनाल कन्स्ट्रक्सन प्रालिका संचालक रहेका डिल्ली खनाल बिगत २४ बर्ष देखि निर्माण क्षेत्रमा सक्रिय छन् ।

उनले संघमा २ कार्यकाल सदस्यको रुपमा काम गरिसकेका छन् । उनी उत्कृष्ट निर्माण ब्यवसायीका रुपमा बिभिन्न क्षेत्रबाट पुरष्कृत समेत भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार