इलाम । राप्रपा नेपालको अध्यक्षमा पराजित भएपछि कमल थापाले पुर्व राजा ज्ञानेन्द्र शाहले पार्टीको नेतृत्व चयनका लागि हस्तक्षेप गरेको आरोप लगाएका छन् । थापाले सामाजिक सञ्जालमा मुलुक गणतत्रमय भएको अवस्थामा समेत राजतन्त्रकोको मुद्धा बोकेर हिडेको आफुलाई राजनितिक रुपमा समाप्त गर्न पुर्व राजा लागेको आरोप लगाए ।
थापाले लेखेका छन् । ‘ पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । बधाई छ ज्ञानेन्द्र विर विक्रम शाह देव धन्यवाद । मैले राहत र उन्मुक्ति पाएको छु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना ।’
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन एक हजार आठ सय ४४ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी कमल थापाले एक हजार छ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो । राप्रपाको शनिबार अबेर रातिसम्म सम्पन्न भएको मतदानमा ३ हजार ८ सय ७३ जनाले मतदान गरेका थिए ।
https://www.facebook.com/KamalThapaOfficial/posts/438129294344646