Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामकी लीला श्रेष्ठ राप्रपा उपाध्यक्षमा राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवार

इलामकी लीला श्रेष्ठ राप्रपा उपाध्यक्षमा राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवार

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर १६ २०७८


इलामकी लीला श्रेष्ठ राप्रपा उपाध्यक्षमा राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवार

इलाम । राप्रपाको नयाँ नेतृत्व चयनका लागि इलामकी लिला श्रेष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएकी छन् । संविधानसभा सदस्य समेत रहेकी श्रेष्ठले राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दर्ता गराएकी हुन् । राप्रपा नेता भुवन पाठकका अनुसार राजेन्द्र लिङ्देन प्यानलबाट उपाध्यक्षमा लीला श्रेष्ठका अतिरिक्त बिक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र रायको नाम टुंगो लागेको हो ।

महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ । कमल थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् ।

यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । यस विषयमा पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे थाहा नभएको बताए । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार