फिक्कल । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सूर्योदय नगर कमिटीले संगठन विस्तारलाई तिव्रता दिएको छ । समाजवादीले वडा वडामा पार्टीको नेतृत्वलाई अघि बढाउँदै लगेको हो । आज वडा नं १० मा वडा कमिटी गठन सम्पन्न भएको छ । अनिल मुखियाको अध्यक्षतामा ७१ सदस्यीय वडा कमिटी गठन सम्पन्न भएको हो ।
उपाध्यक्षमा विकास फागो र विष्णु खड्का, सचिवमा पर्शुराम बस्नेत ,सह सचिवमा सरिता बस्नेत र योगेस बस्नेत रहेका छन् । वडा इन्चार्ज अर्जुन सुबेदी को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संसद एवम नेकपा समाजवादीकी केन्द्रिय सदस्य खिनु लङवा लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला समन्वय समिति उपप्रमुख एवम पार्टीकी जिल्ला उपाध्यक्ष चित्रकला बराइली र सूर्योदय नगर प्रमुख एवम जिल्ला कमिटी सचिवालय सदस्य रण ब राईको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य एवम सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमा उगेन लामा, नगर अध्यक्ष कमल गदाल, युवा संघका जिल्ला उपाध्यक्ष खगेन्द्र बाँस्तोला,अनेरास्ववियुका नगर अध्यक्ष सविन अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राप्रापा नेपालबाट वडा सदस्यको उम्मेदवार रहेका अमृत राई लगायतले पुरानो पार्टी परित्याग गरि नेकपा ( एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।